कैलाली दर्पण
७ असार सुखड कैलाली ।
घोडाघोडी नगर स्तरीय खाद्य अधिकार सञ्जालले नगरपालिकाको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमका लागि सुझाब पेश गरेको छ । खाद्य अधिकारका क्षेत्रमा पैरवी गरिरहेको सञ्जालले नगरको निति तथा कार्यक्रमका लागि हरेक बर्ष झै यस बर्षको निति तथा कार्यक्रमका लागि सुझाब पेश गर्ने गरेको छ । यस पटक पनि खाद्य अधिकारको सुरक्षालाइ मध्य नजर गर्दै सञ्जालका संयोजक गया प्रसाद कठरीयाले नगर उपप्रमुख गुलिया चौधरीलाई सुझाब पेश गरेका हुन

। सञ्जालले महामारी र प्राकृतिक प्रकोपका समयमा जनताको खाद्य अधिकार तथा खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि लक्षित घर धुरी पहिचान,परिचय पत्र बितरण,खाद्यान्न भण्डारण,राहत बितरण लगायतका कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सहजता हुने हुदा खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन,२०७५ को दफा ३६ बमोजिमको नगर प्रमुखको अध्यक्षतामा गठन गर्न सकिने स्थानिय खाद्य समन्वय समिति गठन गर्नुपर्ने,पोषण युक्त खाद्यको सुनिश्चितताका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन मा ब्यवस्था भए बमोजिम नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा योजना निर्माण र कार्यान्वयन प्रावधानलाई समावेश गरिनुपर्ने,किसानहरुको तथ्यांक संकलन गरि वर्गिकरण गर्नुपर्ने,रैथाने बीउको प्रर्बद्धन गर्ने निति अवलम्बन गर्नुपर्ने,मलखादको सर्बसुलभ उपलब्धता,बिद्युतिय एबम सौर्य उर्जाको प्रयोग गरि सिचाई पद्धतिलाई बिस्तार तथा प्रर्बद्धन गरिनुपर्ने,मुक्त कमैया,मुक्त हलिया,दलित,महिला बेरोजगार युवा,सुकुम्बासि र सिमान्तकृत समुदायको जिविकोपार्जनका लागि कृषि तथा पशुपालनका आधारित ब्यवसाय सञ्चालनका लागि निति तथा कार्यक्रम लागु गरिनुपर्ने, बर्षौ देखि उपभोग गरिरहेको तर लाल पुर्जा नपाएको जग्गाको लालपुर्जा उपलब्ध गराउने ब्यवस्थाका लागि यथासिघ्र पहल अगाडि बढाउनुपर्ने, असाहाय तथा बिपन्न बर्गका लागि निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिनुपर्ने लगायतका मागहरु सहित सुझाब पेश गरेको हो । सुझाब बुझ्दै उपप्रमुख गुलिया चौधरीले आएका सुझाबहरु निति तथा कार्यक्रममा समेट्ने बताईन ।