Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

  • कैलाली दर्पण
  • शनिबार, जेष्ठ १४, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो  बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई  सम्मान

बौनिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दगोरिया, कैलालीले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षिय कार्यसफलताको शुभकामना दिदै सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका पालिका अध्यक्ष कर्ण बहादुर कुव्रले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा , स्वास्थ , खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।

कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष (लालदिप)ले बर्दगोरियालाई शिक्षा स्वास्थ्य खानेपानी लगाएतका मुद्दासहित यहाँको पर्यटन ,कृषि क्षेत्रको समस्या र यसको व्यवसायीकरण र लगानि तथा अनुदान, कृषिमा युवापुस्ताको बढी सहभागी गराई रोजगारीको क्षेत्रमा समेत टेवा पुर्याउने गरि काम गर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दगोरियाका उपाध्यक्ष खडक साउदको  सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवीन जोशीले स्वागत मन्तव्य राखेका थिए । सो क्रममा उनले बर्दगोरियाको शैक्षिक तथा कृषि,वन र निशुल्क स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रमा ठोस कार्ययोजना सहित कामगर्न आवश्यक भएकोमा ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट