Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति विजयी

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ ५, २०७९
कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति विजयी

बौनिया /कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन्।   विजयी चौधरीले ४ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भएका हुन्।

नेपाली कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन्।

उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन्। उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरेका छन्।

२०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए। उक्त पार्टीले टीकापुरमा पनि प्रमुख जितेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट