Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडीमा गठबन्धन अगाडी, पच्छाउँदै एमाले

  • कैलाली दर्पण
  • शनिबार, बैशाख ३१, २०७९
घोडाघोडीमा गठबन्धन अगाडी, पच्छाउँदै एमाले

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनमा रहेका दलहरूले अग्रता कायमै राखेका छन् । पाँच सय मत गणना हुँदा सम्म प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका खडक रावतले १८८ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार ममता प्रसाद चौधरीले पच्छाइरहेका छन् । ममता प्रसाद चौधरीले अहिले सम्म १२५ मत पाएका छन् । राप्रपाकाको तर्फबाट उम्मेदवार बनेका नीरज मल्लले ६९ मत पाएका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली काङ्ग्रेसकी गुलिया चौधरीले १६६ मत पाएकी छन् । उनलाई एमालेकी उम्मेदवार करुणा बम बटालाले पच्छाइरहेकी छन् । उनले ११३ मत पाएकी छन् । राप्रपाकी उम्मेदवार लक्ष्मी चौधरीले ५६ मत पाएकी छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट