Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहा नगरपालिकाको नव निर्मित प्रशासकिय भवनको उद्घाटन

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र १५, २०७८
लम्किचुहा नगरपालिकाको नव निर्मित प्रशासकिय भवनको उद्घाटन

बाैनिया/ कैलाली लम्किचुहा नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको  उद्घाटन भएको छ।

सोमबार एक कार्यक्रमका बिच कैलाली क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य माननीय झपट रावल द्वारा बिधिवत रूपमा भवनको उदघाटन गर्नु भएको हो। प्रमुख अतिथि रावलले आफू निरन्तर यस क्षेत्रको बिकासका निम्ति लागीरहेको बताउनुभयो ।

कार्यक्रम प्रदेश सभा सदस्य नन्द बहादुर साउद,पुर्व रास्टिय सभा सदस्य कमला ओलि जिल्ला समन्वय समितिका प्रमुख सुॠ बहादुर थापा ,नेकपा एमाले का दल बहादुर बिष्ट ,नेपाली काङ्ग्रेसका देवानन्द जैसी ,माओवादी केन्द्रका शेर बहादुर कुमाल,रास्टिय जनमोर्चाका मिलन शाही नेमकिपाका रमेश रावल राप्रपा मदन उपाध्याय नेकपा पार्टी एकीकृत समाजबादिका बखत बिस्ट ,नेपाल कम्युनिस्ट पार्टी का दिल बहादुर साउद्ले शुभकामना मनतब्य राख्नु भएको थियो ।

करिब ६ करोड ९० लाख को लागतमा श्यामसुन्दर निर्माण सेवा २०७३/०७४ निर्माणकार्यको लागि नगरपालिका सङ्ग दुई पक्षीय सम्झौता २ चरण गरेको थियो ।सुबिधा सम्पन्न ४ तले नमूना भवन निर्माणकार्य सम्पन्न माघ मसान्त मा गरेको थियो  ।

उक्त कार्यक्रमको संचालन नगर प्रमुख का सचिवालय प्रमुख धनन्जय न्यौपानेले गर्नु भएको थियो।कार्यक्रममा लोक दोहोरी गायक बर्दी पङेग्नी ,कलाकार दिनेश बजगाइ ,राजाराम भाट्को प्रस्तुति रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट