Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दैलेखमा पहिलो पार्टी नै बनाउन अध्यक्षमा शाहीको उम्मेदवारी

  • कैलाली दर्पण
  • शनिबार, पुस १७, २०७८
दैलेखमा पहिलो पार्टी नै बनाउन अध्यक्षमा शाहीको उम्मेदवारी

 लिलाजङ्ग शाही /    नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य, अखिल नेपाल किसान महा संघ का केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश का इन्चार्ज युवानेता सुर्य बहादुर शाहीले नेकपा एमाले दैलेख जिल्ला कमिटी को यहि पौष २३ गते हुन गइरहेको सातौं जिल्ला अधिवेशनमा जिल्ला कमिटी को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। नेकपा एमाले पार्टीलाई बिधि बिधान अनुसार टोल कमिटी देखि जिल्ला कमिटी सम्म गतिशील ,चुस्त दुरुस्त बनाइ पार्टीको संघसंगठनका र पार्टी कमिटी हरु संचालन गरि दैलेख मा एक घर ३ पार्टी सदस्य कार्यकर्ता निर्माण गरि पार्टी लाई पुरानै अबस्थामा फर्काइ आउदो तिनै तहका निर्वाचनमा पार्टी सबै उम्मेदवार हरु लाई निर्वाचित गराइ पहिलो पार्टी बनाउने उदेश्यले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो । पछिल्लो समय मा पार्टीमा ग्रामीण क्षेत्रका कार्यकर्ता लाई प्रशिक्षण अभाव ,श्रमजीवी सर्वहारा जनता पार्टी लाई जनता बहुदलीय जनबाद अनुसार परिचालन गर्न उत्पादन ,उधमशिल कार्यकर्ता पार्टीले ,जनमुखी नीति ,कार्यक्रम बनाइ ,ग्रामीण क्षेत्र का बस्ती बस्तीमा लगी पार्टीका कार्यकर्ता लाई परिचालन गरि श्रम बाट पनि सामाजिक सेवा गर्न उत्प्रेरित गर्ने समेत नेता शाहिको योजना रहेको छ। नेता शाही को ,पार्टी को आन्तरिक बिबाद्ले नेकपाको दुई तिहाइ सरकार आफै ढाल्नु र पार्टी बिभाजन गर्न लागेका कार्यकर्ता हरुलाइ पुनः मुल धारमा फर्काउन आफू लागीरहेको पनि नेता शाहिने बताउनुभयो । जित्ने आधार ?
कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपनाउने जिवनशैली ,अनुशासनमा रहि पार्टीको विधि ,बिधान ,पद्धतिको पालना गर्दै करिव ४ दशक देखि निरन्तर दैलेख जिल्लामा पार्टी को संघसंगठन बिस्तार अहोरात्र खटिएकोले ११ वटा स्थानीय तहका वडा कमिटी देखि पालिका कमिटी र आम कार्यकर्ता मुल्यांकन अब जिल्ला कमिटीको कुशल ,कर्मठ ,त्यागी क्षमतावान नेतृत्व गर्न सक्ने पार्टी अग्रज र युवाको माग अनुसार आफुले सातौं जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भएको सर्वसहमत आफुलाइ निर्वाचित गराउन पार्टी प्रतिनिधि ,अग्रजनेता ,पार्टी कार्यकर्ता लाई अपिल गर्नु भएको छ। शाही राजनीति पृष्ठभुमि २०३७ सालमा बिजया नमुना माध्यमिक बिध्यालय दुल्लु कक्षा १० मा अध्ययनको क्रममा दैलेख कम्युनिस्टका सस्थापक नेता स्वर्गीय हर्कबहादुर शाहीको प्रेरणा बाट प्रभावित भइ (नेपाल कम्युनिस्ट पार्टी ) नेपाल मजदुर किसान कम्युनिस्ट निकट नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भइ आफ्नो कम्युनिस्ट पार्टी बाट समाज सेवा बाट राजनीति यात्रा सुरुवात गर्नु भएको थियो ।२०३९ साल भाद्र १७ पश्चिम दैलेखको लाइनचौरमा भएकोको सम्मेलन ईलाका कमिटी को संयोजकको जिम्मेवारी सम्हालेर अहोरात्र भुमिगत रूपमा पार्टी को संगठन बिस्तार गरि आफ्नो क्षेत्र कम्युनिस्टको लालकिल्ला बनाउन नेता शाही सफल रहनु भएको थियो । २०४२ सालमा निरंकुश पन्चायत का विरुद्धमा पाँच बाम घटकको सन्युक्त आन्दोलनमा बहुदलीय ब्यबस्था स्थापनाका लागी नेता शाही ले जिल्ला ब्यापी रूपमा प्रचारप्रसार गर्न अहम भुमिका खेल्नु भएको थियोे ।२०४३ साल फाल्गुनको पहिलो साता भएको स्थानीय निकाय को निर्वाचनमा नेता शाहिलाइ जम्फुकाध गाउ पन्चायतको उप प्रधान पन्चमा उम्मेदवारी दिन लगायो । शाहीले लोक प्रिय मतका का साथ बिजयी हुनु भएको थियो ।जनप्रतिनिधि जिम्मेवारी काम काज सङ्ग सङ्गै शाहीले भुमिगत शैलीमा निरन्तर पार्टीको संघसंगठन बिस्तार गरिरहनु भयो । २०४६ साल पन्चायत विरुद्धको आन्दोलनको क्रममा शाही २०४६ साल फाल्गुन ३ गते पक्राउ पर्ने नेतामा पहिलो हुनु हुन्छ ।उहाँलाई २ महिना सम्म दैलेख जेलमा चरम यातना दिएको थियो ।२०४६ साल चैत्र २६ गते बहुदलीय ब्यबस्था घोषणा भए पछि शाहिलाइ जेल मुक्त गरेको थियोे । २०५२ सालमा नेपाल मजदुर किसान पार्टी बाट पार्टी दैलेख जिल्ला कमिटी अध्यक्ष समेत रहनु भएका दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचित बर्तमान नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष प्रभावसाली नेता बिनोद कुमार शाहको नेतृत्व रहेको १५ सदस्यीय जिल्ला कमिटी मध्य १२ जना नेकपा एमालेमा समायोजन हुदा बिनोद कुमार शाहकै नेतृत्व गठन भएको नेकपा एमाले दैलेख जिल्ला कमिटीमा नेता शाही जिल्ला कमिटी सदस्य मध्य उहाँ पनि १ जना हो । नेकपा एमालेको जिल्ला कमिटीमा ३ पटक उप सचिब र तेस्रो जिल्ला अधिवेशनमा १ कार्यकाल जिल्ला कमिटी सचिव जिम्मेवारीमा रहि दैलेख जिल्लाभर नेकपाएमाले संघसंगठन बिस्तार गरि २०५४ सालको स्थानीय निकायको निर्वाचन मा दैलेखको १ नारायण नगरपालिका सहित ६० वटा गाउबिकास समिती मध्य अधिकान्स गाबिस र जिल्ला बिकास समिती को सभापति ,उप सभापति र ९ ईलाका सदस्य मध्य ७ सदस्य सहित पहिलो पार्टी स्थापना गर्न नेता शाहिको अहम भुमिका रहेको थियो ।शाही आफू जिल्ला बिकास समितिको उप सभापति पदमा निर्वाचित हुनु भयो । ।गर्नु भएको थियोे ।का उहाँले आफूले अध्यक्षमा निर्वाचित भएपछि दैलेख नेकपा एमालेलाई पहिलो पार्टी बनाउने दावि गर्नुभयो । विभाजित कम्युनिष्ट पार्टीसँग कार्यगत एकता गरेर ठूलो पार्टी बनाउने घोषणा समेत गर्नुभयो । दैलेख का ११ वटै स्थानीय तहमा अध्यक्ष, एघार वटै पालिकाका कमिटी का माग अनुसार अध्यक्षको लागि उम्मेदवार बन्ने प्रष्ट पार्नुभयो । जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिनुभएको छ

सम्बन्धित समाचार
ताजा अपडेट