बौनिया / नेकपा एमाले लम्किचुहा वडा नम्बर ३ को चिसापानी टोल कमिटी गठन गरेको छ। टोल कमिटीको अध्यक्ष जनक शाही ,उपाध्यक्ष तपेन्द्र शाही ,सचिव नवीन भुजेल ,उप सचिव शोभा कार्की र सिद्ध राज बुढा सहित २५ सदस्यीय कमिटी सर्वसहमत गठन गरिएको छ।यस्तै वडा नम्बर ९ को गढीमा जगत सिह कुमालको अध्यक्ष गढी टोल कमिटी गठन गरिएकोछ।

जस्को उपाध्यक्ष अन्जु चौधरी सचीव सन्तोष नेपाली ,उप सचीव रिता न्यौपाने ,र पिनसरा शाही रहेका छ्न। वडा कमिटी अध्यक्ष प्रशुराम गिरी को सभापतित्व भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य दल बहादुर बिस्ट,नगर कमिटी अध्यक्ष तुला सिह थापा,नगर कमिटी उप सचिव टेकबहादुर खडकाको उपस्थित रहेको थियो ।