२८चैत,बाैनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाको राजस्व बिभागले अनुगमन गरेको छ ।
बुधबार राजस्व शाखाका दुर्गा ढुंगाना सहित कार्यपालिका सदस्य सरस्वती बि क, प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले रोयल्टी संकलनमा खटिएका कर्मचारीहरुको अनुगमन गरेका हुन । रोयल्टी संकलनमा वृद्धि गराउन र कर्मचारीलाई सचेत गराउन अनुगमन गरिएको हो ।
साथै प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले बालकन्या माध्यामिक बिधालयमा निर्माण भइ रहेको भवनको अनुगमन गर्नु भएको छ ।
अनुगमन गर्दै श्रेष्ठले भवन गुणस्तरीय र राम्रो काम गर्न आग्रह गरे । भवन संघीय सरकारको अनुदानमा निर्माण भइ रहेको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा भवन निर्माण समिती अध्यक्ष हेमन्त जोशीले जानकारी दिए ।
अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठले निर्माण भइ रहेका विभिन्न बिकास निर्माण योजना का साथै पानी पिचको काममा ढिलासुस्ती नहोस भन्दै आफुहरुले संयुक्त अनुगमन गरेको बताए ।
बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले निर्देशन समेत दिएका छन ।