२७ चैत बाैनिया/कैलालीको लम्कीचुहा नगरपालिकाले पालिकाका विभिन्न स्थानमा ‘हाई-मास्ट’ लाईट जडान गरेको छ ।
लम्कीचुहा नगरपालिकाले समग्र पालिकालाई उज्यालो बनाउन हाई मास्ट बत्ती जडान गरेको हो
लम्कीचुहा नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्गका विभिन्न पाच वटा स्थानमा उच्च क्षमताका ‘हाइ-मास्ट’लाइट जडान भएपछि सडक उज्याला भएका छन ।
हाईमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्थाका साथै लम्की टिकापुर सडक खण्डमा समेत सडक बत्ति जडान प्रकृया अघि बढेको नगर प्रमुख शाहीको भनाई रहेको छ ।
‘हाई-मास्ट’ बत्ती जडान भए संगै लम्की चुहाका विभिन्न स्थान उज्यालो हुने भएको छ । पालिकाले राती हुने चोरी निकासिलाई निगरानी र लम्की चुहाको मुहार फेर्न हाई मास्ट बत्ती जडान गरेको हो ।
हाई मास्ट बत्ती जडान गर्दा लम्की चुहामा रातिको समयमा आवातजावतमा सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने भएको छ ।
आफुले जनता संग गरेका बाचा अनुसार पालिकाका विभिन्न मुख्य चौकमा हाई मास्ट लाईट जडान गरेर पालिकालाई उज्यालो पार्ने नगर प्रमुख शाहीले बताईन । महेन्द्र राजमार्गका विभिन्न मुख्य चौकहरुमा हाई मास्ट लाईट जडान गरिने प्रमुख शाहिले बताईन ।
आफुले चुनावताका बेला बोलेका कुराहरुलाई एक एक गरि काम गरि रहेको पालिका नगर प्रमुखले बताईन । उनले आफू निर्वाचन भए लगतै जनताका आवश्यकताका कुरामा ध्यान दिएको बताइन ।