बाैनिया/सञ्चार गृहमा भएको आक्रमणको विरोधमा देशभर आन्दोलन चर्किरहेको छ ।
नेपाल पत्रकार महासंघको आह्वानमा महासंघका शाखा, पत्रकार सम्बद्ध संघसंस्था, सञ्चारमाध्यम तथा पत्रकारहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यसै क्रममा कैलालीको मध्यवर्ती क्षेत्रमा कार्यरत पत्रकारहरूले आइतबार बौनियामा पत्रकार सुरेश रजकलाई न्यायको माग तथा सञ्चार गृहमाथिको आक्रमणको बौनियामा भेला भएर बौनिया र जोशीपुरका कृयासिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर ऐक्यबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य लिला जंग शाहीले उक्त विरोध कार्यक्रममा पत्रकारिता स्वतन्त्रताको रक्षा र दोषीलाई कडा कारबाहीको माग गरेका छन ।
श्रमजीवी ,सर्वहारा पत्रकार सधै सत्ता पक्षको प्रतिपक्षको भुमिका र समाज लाई सुसूचित र समाज परिवर्तनका निम्ति निरन्तर कलम चलाउनका निम्ति शान्ति पुर्ण सुरक्षित बाताबरणको व्यवस्था मिलाउन अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका लोक बहादुर देउवाले पत्रकारको हकहित र सुरक्षाको निम्ति सरकारको ध्यानाकर्षण गराएका छन ।विरोध कार्यक्रममा महासंघका सदस्य, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको विरोधका क्रममा सञ्चारकर्मी र मिडिया हाउस माथी भइरहेका आक्रमणलाई रोक्न सरकार र राजनीति दल लगायत सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने आग्रह गरेका थिए । ।