Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अनेम संघ बर्दगोरियाको दोस्रो अधिवेशन सम्पन्न;अध्यक्षमा सरस्वती चौधरी

  • कैलाली दर्पण
  • आइतवार, चैत्र १०, २०८१
अनेम संघ बर्दगोरियाको दोस्रो अधिवेशन सम्पन्न;अध्यक्षमा सरस्वती चौधरी

बर्दगोरिया । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ बर्दगोरियाको अध्यक्षमा सरस्वती चौधरी निर्वाचित भएकी छिन् ।

शनिवार बर्दगोरियामा भएको अनेम संघ बर्दगोरियाको दोस्रो अधिवेशनले चौधरीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा धनसरा बिक,सचिवमा अनुपमा चौधरी निर्वाचित भएका छन , यसै गरि सह सचिवमा ममता बस्नेत र कोषाध्यक्षमा सरस्वती देवकोटा सहित ३१ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

अनेम संघ बर्दगोरिया अध्यक्ष प्रतीक्षा रिजाल शर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि अनेम संघ केन्द्रिय सदस्य नरपता देवि खडका रहनु भएको थियो । प्रमुख बक्ता नेकपा एमाले केन्द्रीय सदस्य कमला ओलि रहनु भएको थियो ।

कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य सीता जोशी ,सल्लाहकार सदस्य सावित्री सापकोटा, नेकपा एमाले बर्दगोरिया गाउँकमिटि उपाध्यक्ष गोबिन्द बि क, प्रदेश सदस्य कमला कुँवर, जिल्ला अध्यक्ष लक्ष्मी के सि, जिल्ला सदस्य कमला पौडेल ,मिरा आले लगाएत महिला नेतृहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट