Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्ववियु निर्वाचन:लम्की बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र ५, २०८१
स्ववियु निर्वाचन:लम्की बहुमुखी क्याम्पसमा मतदान सम्पन्न

५ चैत/कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।

 पाँच सय २९ मतदाता रहेको क्याम्पसमा ४ सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अहिले मतपेटिका सुरक्षित गर्दै मुचुल्का उठाउने तयारी भइरहेको छ । छलफलपछि मत गणना आज नै हुने संयोजक सरोज कुमार शाहले जानकारी दिए ।

लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका  लागि भएको  निर्वाचनमा नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल(क्रान्तिकारी) र अनेरास्ववियु र अनेरास्ववियूको संयुक्त प्यानलको उम्मेदवारी रहेको थियो । उपाध्यक्ष, सहायक सचिव र ३ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचत हुने छन् ।

मतगणनामा नेविसंघ, अखिल(क्रान्तिकारी र अनेरास्ववियुबीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट