Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अतरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १३ देखि

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन ५, २०७८
अतरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १३ देखि

बौनिया /  सुदूरपश्चिम प्रदेश को राजधानी भएको कैलालीको अत्तरियामा फागुन १३ देखि २५ गते सम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ ।

बिहीबार अत्तरिया उद्योग वाणिज्य सङ्घको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञ राज जोशीले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।

यसअघि पौष महिनामा गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो । अत्तरिया उद्योग वाणिज्य सङ्घले पुस २७ गते देखि माघ ९ गते सम्म सञ्चालन गर्ने भनेको महोत्सव पुस २६ गते स्थगित गरिएको हो

सम्बन्धित समाचार
ताजा अपडेट