Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ जेसीजको १२औं पदस्थापना कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ १२, २०८१
बौनियाँ जेसीजको १२औं पदस्थापना कार्यक्रम सम्पन्न
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बर्दगोरिया/बौनिया जेसिजको १२ औं पद हस्तान्तरण तथा पदस्थापना सम्पन्न भएको छ । बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि वीर बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पालिका अध्यक्ष कुँवरले जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए । साथै प्रमुख अतिथी कुँवरले बौनिया जेसिजलाई पालिकाले गर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

बौनीया जेसिजका कार्यकारिणी उपाध्यक्ष बिस्णु बिस्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, कार्यपालिका सदस्य सरस्वती बि क, मिरा आले, कलावती ढुंगाना र पुष्कर बि क, बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही, बौनिया जेसिजका निबर्तमान अध्यक्ष चक्र शाही, बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमी प्रकाश बम, बर्ष २०१६ अध्यक्ष शिवराज कुँवर, २०१७ का अध्यक्ष कृष्ण बिस्ट, बर्ष २०१९ का अध्यक्ष धिरज शाही ,बर्ष २०२० का अध्यक्ष केशव बहादुर शाही , बर्ष २०२१ का अध्यक्ष गणेश प्रसाद जोशी, बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति केशव भण्डारी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज स्वार, नेपाल रेडक्रस सोसाइटी दोदोधरा उपशाखा सभापति लक्ष्मी राज जोशी र महुन्याल माबि का प्र अ चन्दृका जोशी, घोडाघोडी जेसिज बर्ष २०२४ का अध्यक्ष दिपक चन्द, लम्की जेसिज बर्ष २०२४ का अध्यक्ष भरत खनाल लगाएतको सहभागी रहेको थियो ।

बर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष मिलन ओलि सहित कार्यकारिणी उपाध्यक्ष सुनिल भण्डारी र प्रेम सुनार यसै गरि उपाध्यक्षमा भरत शाही ,चक्र बोहरा, हरेन्द्र चौधरी र चित्र ओलिले पद तथा गोपिनियताको सपथ लिएका थिए । मनोनीत पद कोषाध्यक्षमा थिरेन्द्र गड्शिला, कानुनी सल्लाहकार बिस्णु बिस्ट र महासचिव भिम बिक ले पनि शपथ लिएका थिए ।

बौनिया जेसिजका सदस्य चक्र बोहराले आस्थापाठ गरेको कार्यक्रममा मिशन ,केशव शाहिले गरेका थिए । कार्यक्रमको संचालन महासचिव सुनिल भण्डारी र भिम बिक ले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट