Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन ५, २०७८
निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान

बौनिया / निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न आह्वान गरेको हो । आयोगमा हालसम्म १ सय ६ वटा दल दर्ता छन्। आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो ।

निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ। दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।

त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ। आयोगमा दलले आर्थिक वर्ष ०७७र०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने हुन्छ ।

सम्बन्धित समाचार
ताजा अपडेट