निर्मला शाही बौनिया / नेकपा एमाले मोहन्याल गाउँ कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले ले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रमा बुधवार मोहन्याल गाउपालिका वडा नम्बर ७ पितमारीमा टोल कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा कृष्ण बहादुर शाही, उपाध्यक्ष अमर बुढा ,सचीव धर्म बुढा ,उप सचिव कबिता भन्डारी डम्मरा र बिश्ना शाही सहित २१ सदस्यीय को कमिटी सर्बसहमत गठन गरिएको छ।
वडा कमिटीअध्यक्ष महेश बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य . बिरेन्द्र बहादुर रावल ,बिशिस्ट अतिथी जिल्ला कमिटी सदस्य खर प्रशाद अधिकारी, यस्तै अतिथि हरुमा गाउँ कमिटी उपाध्यक्ष टिकाराम भन्डारी, उप सचिव लिलाराम माझी ,गाउँ कमिटी सदस्य हरु बम बहादुर रावल ,शंकर बिस्ट लगायत को उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन गाउँ कमिटी सदस्य धर्म राज सोनीले गरेका थिए ।
