Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाेैनियाको धमाला बस्त्रालयमा आगलागी

  • कैलाली दर्पण
  • बुधबार, मंसिर १९, २०८१
बाेैनियाको धमाला बस्त्रालयमा आगलागी

१९ मंसिर /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित  बौनियामा बजारमा रहेको धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ ।

राति करिव साढे ८ बजेको समयमा अचानक ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन ।

यस्तै घर भित्रै रहेका धमला ट्रड एण्ड सप्लायर्सका सञ्चलाक द्वारिका प्रसाद धमलाका ८२ वर्षीय बुवा मोती प्रसाद धमला आगोमा निसासिएर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो ? क्षति कति भयो ? भन्ने बारेमा अहिले नै पूर्ण विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट