Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते

  • कैलाली दर्पण
  • मङ्लबार, कार्तिक ६, २०८१
गौरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते

 ६ कार्तिक/ मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

कैलाली जिल्लाको गौरीगंगा नगरपलिका–८ बढैपुरको लिक्कमा पुल स्थित पुर्वबाट पश्चिमतर्फ आइरहेको से ५ प १३१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा–८ का २१ वर्षीय रोशन चौधरी, २७ वर्षीया रेनुका चौधरी, ३२ वर्षीया मिया चौधरी, ३५ वर्षीया मानमति चौधरी र ६ वर्षीय गौरव चौधरी घाइते भएका छन्।

मोटरसाइकल चालक रोशन र रेनुकाको धनगढीमा रहेको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। अन्य तीन जनाको भने स्थानीय सौगात अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट