१५ असोज/कैलालीको लम्किचुहा नगरपालिका – ९ को श्री दुर्गा आधारभुत विद्यालयका शिक्षक मनिराज रेग्मी अर्थात ‘रेग्मी सर’ को विदाइ भएको छ । ३५ वर्ष शिक्षक पेशामा अध्यापन गरेर उनि बिदाइ भएका हुन।
मंगलबार १५ असोजमा विद्यालयबाट सेवा अवधि पूरा भएर अनिवार्य अवकाश पाएका ‘ रेग्मी सर’ लाई विद्यालयले एक समारोहबीच दोसल्ला ओढाइ कदर पत्र र मायाको चिना प्रदान गरि सम्मानजनक बिदाइ गरेको छ।
सेवा निवृत्त पछिको जिवन सफल र सुखदको कामना गर्द शिक्षक,विद्यार्थीहरुले भावविह्वल हुँदै बिदाइ गरेका छन्
विसं २०४६/९/१४ गते देखि रेग्मीले अछामको कालिका प्राथमिक विद्यालय हाल साफे बगर नगरपालिका १४ पातलकोटमा स्थायी शिक्षक पेशा सुरु गरेका थिए ।
रेग्मी २०७६ साल जेठ १ गते अछाम देखि सरुवा भई दुर्गा आधारभुत बिधालयमा शिक्षण पेशामा सक्रिय र इमानदारी पुर्व २०८१ साल असोजसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मिको शिक्षण सेवामा ३५ बर्ष १ महिना १ दिन असोज १५ गते शिक्षण पेशापछि अनिवार्य अवकाश लिनु भएको हो।
विद्यालयमा अध्यापन गराउदा अभिभावक, शिक्षक सहकर्मी र विद्यार्थीबाट अपार माया पाएको शिक्षक रेग्मीले बताए ।३५ बर्ष सम्म काम गरेको थलोलाइ सदाका लागि छोड्दा दुख लागेपनि आफ्नो अवधी सुख दुख सरलताका साथ पूरा गर्दा खुशी रहेको सेवा निवृत्त शिक्षक मनिराज रेग्मीले बताउनु भयो।
सरल स्वभावका इमानदार, लगनशील र कर्तव्यनिष्ठ शिक्षक रेग्मी सरले उर्जावान समय शिक्षा दिनमा खर्चिएका सरको बिदाइ गर्दा बिद्यालय परिवारको लागि दुखको दिन भएको भन्दै विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भट्टले बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष राम प्रशाद चौधरी रहनु भएको थियो कार्यक्रमको संचालन शिक्षक भरत कुमार शाहीले गरेका थिए ।


