Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा चट्याङ लागेर १० घाइते, स्थानीय सरकारले निशुल्क उपचार गर्ने

  • कैलाली दर्पण
  • आइतवार, साउन २७, २०८१
बर्दगोरियामा चट्याङ लागेर १० घाइते, स्थानीय सरकारले निशुल्क उपचार गर्ने

२७ साउन/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर- १ मा चट्याङ लागेर १० जना घाइते भएका छन् ।

आइतबार दिउँसो अविरल बर्षासंगै परेको चट्याङ लागेर बर्दगोरिया गाउँपालिका १ उत्तरमुडा बस्ने ५० वर्षीय फिरिया देबि चौधरी, ३५ वर्षीय रिता देबि चौधरी,३२ बर्षाकि माया चौधरी, ४५ बर्षकि कमलापती चौधरी, ३२ बर्षकि किरन चौधरी, ३८ वर्षकि उर्मिला डगौरा ,४०बर्षकी पार्बती चौधरी,५०बर्षकि फुल कुमारी चौधरी,३६ वर्षकि निर्मला देबि थारु,घोडाघोडी नपा-३ ढुसर बस्ने बर्ष ३० कि ममता थारु रहेका छन ।

बर्दगोरिया गापा-१ उत्तर मुडा बस्ने भिम बहादुर चौधरीको घरमा मानिसको मृत्यु भई १३ दिने पुण्य तिथिमा स्थानिय मानिसहरु घरको अघाडी अमट्टाको रूख मुनि टेन्ट हालि खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० जना घाइते भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ

घाइतेहरुको बौनिया स्थित बर्दगोरिया अस्पतालमा सामान्य उपचार पश्चात् स्थानीय दोदोधरा अस्पताल उपचार भइरहेको छ । चट्याङ परी घाइतेहरुको स्थानीय बर्दगोरिया गाउँपालिकाले उपचारको जिम्मा लिएको छ ।

विपतजन्य घडिमा परेका नागरिकको उद्दार र उनीहरूलाई राहात तथा उनीहरूलाई सहयोग गर्नु सरकारको मुख्य भुमिका हुने भन्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले घाइतेको नियमानुसार उपचारको जिम्मा लिएको जनाए ।

सम्बन्धित समाचार
ताजा अपडेट