बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले दोदोधारा अस्पतालका लागि आवश्यक औषधी तथा स्वास्थ्य उपकरण वितरण गरेका छन्। अध्यक्ष कुँवरले स्वास्थ्य सेवा विभाग,आपुर्ती ब्यबस्थापन महाशाखा काठमाडौ बाट ४१ लाख ५० हजारको औजार,स्वास्थ्य सामाग्री तथा औषधी अस्पताललाई हस्तान्तरण गरेका हुन ।
अस्पताल सञ्चालनका लागि उपकरण, सामाग्री तथा बिरामीका लागि औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रसहित छिमेकी पालिकाका नागरिकलाई सेवा दिन गाउँपालिकाले १५ शय्या क्षमतामा दोदोधारा अस्पताल सञ्चालन गरिएको हो।
उक्त दोदोधारा अस्पतालमा स्वास्थ्य बिमा लागु गरी उपचार सेवा सहित गत जेठ ३२ गते देखी आखाँ उपचार केन्द्र पनि संचालनमा आएको छ ।
वितरण गरिएको सामग्रीहरुमा अत्याधुनिक ल्याब जन्य मेसिनहरु,भिडियो एक्सरे मेसिन,डेलिभरी बेड,जनरल बेड-15 थान,ECG मेसिन,व्हिल चियर जस्ता उपकरणहरु प्राप्त भएको गाउँपालिकामा कार्यरत सि.अहेब अनिल बहादुर सिंहले जानकारी दिनुभयो। यस पस्चात थप सेवाहरु बिस्तार गर्न सहज हुने बताईएको छ ।
