Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

  • कैलाली दर्पण
  • बिहिबार, असार २८, २०८१
प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

२७ असार/जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘मधेश प्रदेश सरकार हाम्रो प्राथमिकतामा छ । काँग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले हामीले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेका हौँ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट