Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

तुलसीपुर सामुदायिक बनको १९ औं वार्षिक साधारणसभा सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, जेष्ठ २४, २०८१
तुलसीपुर सामुदायिक बनको १९ औं वार्षिक साधारणसभा सम्पन्न

जेठ २४/कैलालीको घोडाघोडी नगरपालिका १० तुलसीपुरमा रहेको तुलसीपुर सामुदायिक वन उपभोक्ता समुहको १९ औं वार्षिक  साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम  बिहिवार सम्पन्न भएको छ।

 समुहका अध्यक्ष पुस्कल बहादुर बमको अध्यक्षता तथा  घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतको  प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो ।

समुहकि सचिव रेमति मल्ल शाहको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथीमा वडा नम्बर ९ का वडा अध्यक्ष हरिचन्द्र शाह ,पुर्व वडा अध्यक्ष भिम बहादुर बम   सव डिभिजन वन कार्यलय सुखड का वन रक्षक गोकुल थापा,बुलबुले रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खडक बहादुर बुढाले शुभकामना मनतब्य राख्नु भएको थियो ।

साधारणसभामा आर्थिक बर्ष  २०७९/०८० को आय ब्यय तथा  आर्थिक प्रतिवेदन कोषाध्यक्ष  खम्ब बहादुर शाहले १ करोड ५९ लाख ६९ हजार ४० रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गरेका थिए।

अध्यक्ष  बमले आर्थिक बर्ष २०८०/०८१ को २ करोड ७६ लाख  ५५ हजार २ सय ५० रुपैयाँ बराबरको प्रस्तावित अनुमानित  प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा  सामुदायिक बनमा स्थापना देखि हाल सम्म  वन संरक्षण कार्यमा योगदान पुर्याउनु भएका कार्यसमिति लगायतलाई दोसल्ला ओढाएर अध्यक्ष द्वारा सम्मान गरिएको थियो ।

साधारणसभाले आगामी तीन बर्षका लागि नंया कार्यसमितिकोको निर्वाचनका लागि बजिर सिह बम को संयोजक्त्वमा ३ सदस्यीय निर्वाचन समिती गठन गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट