कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ मुढागाउमा अबस्थित दोदोधरा स्वास्थय चौकीको स्थर उन्नति भइ आज बाट १५ सैयाको दोदोधारा अस्पताल भएको छ।(मेडिकल अधिकृत ) एमबीबीएस डाक्टर प्रकाश चन्द्र भट्ट लाई गाउपालिकाले नियुक्त गरेको छ।
हाल सुबिधा सम्पन्न १५ सैयाको अस्पताल निर्माणकार्य चरणमा छ। उक्त भवन निर्माण गर्ने जिम्मा २०७८रअसार २० गते १७ करोड ३० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ मा बाट १३ करोड ८३ लाख १८ हजार २ सय ६ रुपैयाँ २ ०८० र०३र२० निर्माणकार्य सम्पन्न गर्ने गरि लुम्बिनी र थोङगु र शिव पार्वती जेभी निर्माण कम्पनीले लिएको छ।
उक्त १५ सैयाको अस्पतालमा तत्काल १ जना ल्याव टेक्निसियन १ जना रेडियो ग्राफर को आबश्यक रहेको छ।बिगत १० बर्ष देखि स्वास्थ चौकीको स्थरउन्नतिका लागि सर्वदलीय बैठकद्वारा सरोकारवाला पक्ष सङ्ग पटकपटक ज्ञापन पत्र बुझाउदै आएका थिए । आज एक कार्यक्रमका बीच गाउपालिका अध्यक्ष बलिराम चौधरीले बिधिवत रूपमा अस्पतालको उदघाटन गर्नु भएको छ। अध्यक्ष चौधरीले प्रमुख अतिथिको आसन्न बाट बोल्दै १५ सैयाको अस्पतालमा स्थापना हुनु बर्दगोरिया बासीका लागि खुशियाली भएको सहयोग गर्ने सम्पुर्ण धन्यवाद ज्ञापन गर्नु भएको छ। कार्यक्रममा उपाध्यक्ष भगवती चौधरी ,अस्पतालका इन्चार्ज नृप बहादुर बिस्टले शुभकामना मनतब्य राख्नु भएको थियो । स्वास्थ ब्यबस्थापन समिती का अध्यक्ष जयरुप खतिवडाको सभापतित्व भएको कार्यक्रमकमा स्वास्थ शाखा प्रमुख कृष्णदेव जोशीले स्वागत मनतब्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरु रेडक्रस कर्मी बौनिया बजार ब्यबस्थापका अध्यक्ष लगायत को उपस्थिति रहेको थियो।