Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाल अधिकार संरक्षण र प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण 

  • कैलाली दर्पण
  • आइतवार, बैशाख २३, २०८१
बाल अधिकार संरक्षण र प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण 

बैशाख २३/कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर १ चायाभावरमा मोहन्याल गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा १ दिने बाल अधिकार संरक्षण र प्रवर्द्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।

बाल अधिकार, बालबालिकाको सवाल, सामाजिक बिकृति, संरक्षकविहिन बालबालिकाहरुको अवस्था, बाल यौन दुव्र्यवहार, बालश्रम तथा समाजमा हुने बाल दुव्र्यवहारका कारण र समाधानका उपायहरुको बिषयमा अभिमुखीकरण भएको हो

बालबालिकाको अधिकार संरक्षण र बालमैत्री शासन व्यवस्थामा बालबालिकाहरुलाई सजक र बालबालिकाको स्तर माथि उकास्न चिन्ता चासो वृद्धि गराई सचेत नागरिकका रुपमा बालबालिकालाई प्राथमिकता दिन अभिमुखीकरण गरिएको मोहन्याल १ नम्बर वडा अध्यक्ष प्रेम बुढाले जानकारी दिनु भयो ।

वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नन्दाराम गिरी,कार्यपालिका सदस्य नानी दमाई ,वडा सदस्य रतन भाट ,मान बहादुर बिस्ट,शिक्षिका टिकासरी बस्नेत लगायतले बाल अधिकार ,बहु बिबाह ,महिला हिंसा ,बाल बिबाह लगायत मानवअधिकार को संरक्षण सम्बन्धि धारणा राख्नु भएको थियोे ।

कार्यक्रमको सहजीकरण मानवअधिकार कर्मी चक्रबहादुर बिकले गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १ र ३ का २१ जना बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन मोहन्याल गाउपालिका  महिला तथा बालबालिका शाखा प्रमुख रत्ना बोहराले गरेकी थिइन् ।

सम्बन्धित समाचार
ताजा अपडेट