बैशाख २१/नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभरी रहेका १८५ शाखा तथा उपशाखाहरुले विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाएका हुन ।
हरियो क्षितिज दिगो भविष्यको लागि सँगै भन्ने उद्देश्यका साथ देशभरका शाखाहरुले आज बृक्षारोपण गरि मनाएका छन ।
यसै बिच कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका लम्किमा रहेको लम्की उपशाखाले पनि बिरुवा रोप्दै बार्षिकोत्सव मनाएको छ । लम्की उप शाखाका शाखा प्रमुख इन्द्र प्रसाद भट्टराई र एजेन्सी म्यानेजर देवराज न्यौपानेले बिरुवा रोपेका हुन । बिरुवा रोप्दै एजेन्सी म्यानेजर न्यौपानेले जसरी बिरुवा बढ्दै जान्छ त्यसरी नै अब लम्की शाखाले पनि ब्यापार बढाउदै जाने बताए । उनले सबै अभिकर्ता एकजुट भएर लागे ब्यापार बढ्ने बताए । सुदुरपस्चिमका १६ शाखाले पनि बृक्षारोपण संगै रक्तदान कार्यक्रम गरेर मनाएका छन ।
२०५८ साल बैशाख २१ गते स्थापना भएको कम्पनी सात दशकभन्दा बढि बीमा इतिहास भएको नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो ।