Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल-७ मा (FITS) पाइलट परियोजनाको शिलान्यास

  • कैलाली दर्पण
  • शनिबार, बैशाख १५, २०८१
मोहन्याल-७ मा (FITS) पाइलट परियोजनाको शिलान्यास

बैशाख १५/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर  ७ कचाली  हाइड्रोपावरको गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्यायले एक कार्यक्रमका बिच शुक्रबार शिलान्यास गरेका छन् ।

मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले फ्लोटिङ्ग ट्रार्बाईनको प्रयोग बाट बिधुत उत्पादन FITS पाइलट परियोजनाको  शिलान्यास गरेका हुन ।

ए प्लस इनर्जीको आर्थिक सहयोग र मोहन्याल गाउपालिकाको १५प्रतिशत आर्थिक लगानी सहित साझेदारीमा इनर्जी फाउन्डेसन मोहन्याल कैलालीले  करिब २ करोड को लागतमा उक्त हाइड्रोपावरको निर्माणकार्यको जिम्मा लिएको छ।

मोहन्याल गाउँपालिका वडा नं ७ का कचालि ज्यारिमे, सिरुगडा ,राजकाडा ,घट्टे ,जुतेसुलि ,मालचाना ,ओखरेकोट लगायतका ग्रामीण बस्तिमा १ बर्ष भित्र बत्ती बिस्तार गरि उज्यालो दिई सक्ने जानकारी दिएको छ।

वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायतको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कमल साउद ,पुर्व वडा अध्यक्ष खर प्रशाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमको संचालन  संस्थाका प्रबन्धक दल बहादुर ओलिले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट