Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीको भासु भीरमा ट्रक खस्यो

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १, २०७८
कैलालीको भासु भीरमा ट्रक खस्यो

बौनियाँ/  कैलालीको भासु भीरमा ट्रक दुर्घटना भएको छ। आइतबार बिहान रुपन्देहीबाट सुदूरपश्चिमको पहाडी जिल्लातर्फ गइरहेको लु २ ख ७२५ नम्बरको ट्रक भीरबाट तल खसेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

ट्रकमा चालक मात्रै रहेको र उनी पनि सकुशल रहेको प्रहरीले जनाएको छ। उनी प्रहरीको सम्पर्कमा नरहेपछि ट्रक मालिकको सम्पर्कमा रहेको प्रदेश ट्राफिक कार्यालयको भनाइ छ।

भीमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने सडकबाट ट्रक करिब ३ सय मिटर तल खसेको बताइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट