बैशाख १३/ दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्बन्धि ४ दिने पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा बैशाख १०गते सोमबार देखि सुरु भएको तालिम १३ गते बिहीबार सम्पन्न भएको हो । लम्कीचुहा नगरपालिका भल्का कैलालीको सहयोगमा तालिम सम्पन्न भएको हो ।
लम्कीचुहा नगरपालिकाकी उप प्रमुख एवम् न्यायिक समिति संयोजक जुना चौधरीको सभापतित्वमा भएको कार्यक्रमका अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं ५ का अध्यक्ष माया बिष्ट रहनु भएको थियो । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा प्रशिक्षक बल्लु चौधरी , सहायक प्रशिक्षक जंग बहादुर चौधरी रहनु भएको थियो । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता बन्धु चौधरीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
मेलमिलाप तालिम कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका ४६ जना मेलमिलाप कर्ताहरूको सहभागीता रहेको थियो ।
तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । ४ दिनको समयावधिमा धेरै कुराहरू सिकेको सहभागीहरूले बताएका थिए
