Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाका ३ जना युवा लागू औषधसहित पक्राउ

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १, २०७८
बर्दगोरियाका ३ जना युवा लागू औषधसहित पक्राउ

बौनियाँ/ कैलालीमा लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शनिबार राति भजनी नगरपालिका–६ महादेउलीबाट से३प ९४० नम्बरको मोटरसाइल र लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका, २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो। उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट