चैत २८/कैलालीको मोहन्याल गाउँपालिका वडा नं ६ काे टिउले खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
मंगलवार एक औपचारिक कार्यक्रका विच टिउले खोलामा मोहन्याल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाहीले पुलको उद्घाटन गरेका हुन।
पुल नहुदा स्थानियलाई बर्षायाममा समस्या हुदैँ आएको थियो। पुल निर्माण भएपछि स्थानिय खुसी भएका छन् ।
झोलुङ्गे पुल निर्माण भए पछि वडा नम्बर ६ का टिउली ,बादेगौजा ,अमलाचौर आमगैरा बासिन्दा हरुलाइ बर्षायाममा समस्या हुँदै आएको थियो सोल्टा स्थित वडा कार्यलय ,स्वास्थय चौकी र ,उच्च शिक्षा हासिल गर्न र अन्य कामले ओहोरदोहोर गर्ने स्थानीय बासिन्दा लाई सहज भएको वडा अध्यक्ष शाहीले बताए ।
उक्त पुल निर्माणकार्यका लागि सुदूरपश्चिम सामुदायिक बिकास मंच धनगढी कैलालीले मोहन्याल गाउपालिका सङ्ग साझेदारी गरि ४४ लाख ५९ हजार ७ सय ५७ रुपैयाँ बरावर को लागतमा टिउले खोलामा झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ।
पुलको लम्बाई करिव १ सय मिटर रहेको छ। २०७८ साल चैत्र १९ गते सम्झौता गरि २०८० फाल्गुन २० गते निर्माणकार्य सम्पन्न गरिएको छ।
झोलुङ्गे पुल निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दिर्घ बहादुर बगालेको अध्यक्षता र मोहन्याल गाउँपालिका वडा नं. ६ कआ वडा अध्यक्ष कृष्ण बहादुर शाहिको प्रमुख आथित्यता एवम् स्थानियहरुको उपस्थितीमा पुल उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।