Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अनेम संघको कर्णाली प्रदेश स्तरिय प्रशिक्षण सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र २७, २०८०
अनेम संघको कर्णाली प्रदेश स्तरिय प्रशिक्षण सम्पन्न

कैलाली ।अखिल नेपाल महिला सघको कर्णाली प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अनेम संघ केन्द्रीय प्रशिक्षण बिभाग र कर्णाली प्रदेश कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अनेम संघ ईन्चार्ज एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य सीता पौडेल, अनेम सघंका अध्यक्ष टुका भद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामा, स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. पुष्पा केसी भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला केसीले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो।

मार्क्सवादी दर्शन, स्थानीय जनप्रतिनिधि र अनेमसघको सम्बन्ध , नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धि, , संगठन निर्माण र परिचालन, संचारको महत्व,् महिला नेतृत्व विकास र प्रशिक्षण कला लगायतका बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलाब जंग साह, पार्टी सचिव लेखराज भट्ट, बिरेन्द्रनगर नगर प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला अध्यक्ष कुलमणी देवकोटा, अनेमसंघका सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज मिना सिं रखालले मन्तव्य राख्नु भएको थियो ।

महिला आन्दोलनलाई सुदृढ र संगठित गर्न सक्षम नेतृत्व तयार गर्ने उद्देश्यका साथ अनेम संघले ७ वटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण सचालन गरिरहेको छ । हालसम्म ६ वटा प्रदेशमा कार्यक्रम सम्पन्न भएका छन् । २०८० माघ १५ गते लुम्बिनी प्रदेशबाट सुरू भएको प्रशिक्षणको छैठौं शृंखला अन्तर्गत कर्णाली प्रदेशमा चैत्र २५ देखि २७ गते सम्म सञ्चालन भएको हो ।
कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट