Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ६, भोटेकोटमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्प्रन

  • कैलाली दर्पण
  • शनिबार, माघ २९, २०७८
मोहन्याल ६, भोटेकोटमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्प्रन

निर्मला शाही बौनिया / नेपाली काङ्ग्रेस मोहन्याल गाउँ कार्यसमिति संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।

यसैक्रममा शनिबार मोहन्याल ६, भोटेकोट टोल कार्यसमिति गठन भएको छ । देउकला बिष्टको सभापतित्वमा १५ सदस्यीय टोल कार्यसमिति समेत गठन गरिएको हो । वडा सभापति डिल्ली प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली काँग्रेसका पुर्ब जिल्ला सदस्य धुर्ब बहादुर बडुवाल तथा विशिष्ट अथितिहरुमा गाउँकार्यसमितिका सचिबद्वय भरत कुमार शाही र शेरबहादुर घर्ती, प्रदेश प्रतिनिधि नरेन्द्र जैशी रहनुभएको थियो ।

त्यस्तै अथितिहरुमा पुर्ब पार्टि सभापति गजेन्द्र बहादुर बिष्ट लगाएत रहेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट