Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नमूना ग्रामीण विद्युत सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ २९, २०७८
नमूना ग्रामीण विद्युत सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा सम्पन्न

मुडा। कैलालीको बर्दगोरिया गाउँपालिका ४ नौनियामा संचालित नमूना ग्रामीण विद्युत सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीर साउदको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ४ का वडाअध्यक्ष पुरन सिंह बीसी प्रमुख अतिथि रहेका थिए ।

यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य भोजराज डगौरा, चन्द्रा विक, राजकुमारी डगौरा थारु, पुष्कर बिक लगाएत रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को कुल ३७,५६,८४९ र ०७८ पौष मसान्तसम्मको ३२,०७,०१५ बराबरको आयव्यय प्रस्तुत गरि अनुमोदन गरिएको थियो ।

कार्यक्रममा संस्थाको लाभांश कोषबाट हरेक सेयर सदस्यलाई एक चक्की लाइफब्वाय साबुन र एक पोका आयोनुन वितरण गरिएको संस्थाका अध्यक्ष साउदले जानकारी दिनुभयो । संस्थामा हालसम्म ६ सय ६४ जना सेयर सदस्य (उपभोक्ता) छ्न ।कार्यक्रमको संचालन संस्थाका सचिब वीरेन्द्र बहादुर थाडाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट