फागुन१९ बौनिया/कैलालीको मोहन्याल गाउँपालिका न्यायीक समितिले आयोजना गरेको ८ दिने (४८ घण्टा) सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम शनिबार सुखडमा सम्पन्न भएको छ।
फागुन ११ गते मोहन्याल गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक कमल बहादुर साउँद र पालिका अध्यक्ष देवि दत्त उपाध्यायको समुपस्थितीमा उद्घाटन भएको तालिम फागुन १९ गते शनिबार न्यायिक समितिका संयोक कमल बहादुर साउदको अध्यक्ष्ातामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज चन्द, वडा नम्बर २ का वडा अध्यक्ष जयप्रकाश मल्ल,७ नम्बर वडा अध्यक्ष नवराज कठायत ,मालिका माध्यमिक विद्यालय चौमालाका प्राधानाध्यापक रतन जैसी लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक कमल बहादुर साउदले स्थानीय स्तरका समस्या स्थानीय स्तरमा नै छिटो समाधान हुन भनेर तालिमको आयोजना गरीएको बताए । मेलमिलापको माध्यमवाट छिटाे,छरिताे तथा सरल प्रक्रियाबाट विवादकाे समाधान गर्न र विवाद समाधानकाे प्रकृयालाइ सहभागितात्मक ,कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न मेलमिलापकर्ताकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयाे। उहाँले विवाद समाधानमा सहभागीहरूले तालिममा सिकेका कुरालाई आत्मासाथ गरी व्यवहारीक रुपमा काम गर्नुहुनेछ भन्ने विश्वस्त रहेको बताए ।
यसैगरी मोहन्यालका प्रमुख प्रशासकिय अधिकृत भेषराज चन्दले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।स्थानीय स्तरमा हुने सानातिना झै–झगडा र बिवादहरुको मेलमिलापकर्ताहरुले सहजीकरण थप टेवा पुग्ने र उहाँले विवादकाे दिगाे समाधान र विवादमा संलग्न पक्षलाई जीतकाे अनुभुति दिन मेलिलापकाे विकास भएको उल्लेख गर्दै मेलमिलाप गर्दा सामाजिक न्याय ,मानव अधिकार ,माैलिक हक र कानुनी अधिकारलाई ख्याल गर्नु पर्नेमा जाेड दिनुभयो ।
सहभागीका तर्फबाट गजेन्द्र आचार्य र रेखा बुढथापा लगायतका बक्ताहरुले ८ दिन सम्म मेलमिलाप सम्बन्धि तालिममा सिकेको ज्ञान् र अनुभव लाई आ- आफ्नो वडा र बस्तिमा हुने महिला हिंसा ,जग्गा सम्बन्ध सिमानाका विवाद ,कुटपिट ,बालबिबाह ,बहु बिवाह ,लेनदेन सम्बन्धि विवाद सामुदायिक मेलमिलाप सहजकर्ता को सहजीकरण बाट गाउँ घरमै समाधान गर्नुपर्नेमा जोड दिएका छन ।
२०७९ सालमा भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष को संयोजक्ता रहेको मोहन्याल गाउँपालिकामा १८ महिना पछि मात्र न्यायीक समितिले सामुदायिक मेलमिलाप सहजकर्ता लाई मेलमिलाप सम्बन्धि तालिम दिएको छ।
तालिमा १४ महिला/१४ पुरुष गारि २८ जनाको सहभागीता रहेको थियो।तालितालिममा सर्बोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरुप, विवादका श्रोत तथा प्रमुख कारण, विवाद नबढ्ने समाधानका बैकल्पिक उपायहरु, मेलमिलापकर्ताहरुको गुण तथा भुमिका, सहजीकरण सिप तथा क्षमता वृद्घि, सोधपुछ वा प्रश्न गर्ने सीप र क्षमाता लगायतका विषयहरु माथि प्रशिक्षण गरिएको थियो।
उक्त तालिमको सहजीकरण अधिवक्ता रोहित देउवा र गणेश कडायतले गरेका थिए । तालिममा २८ जना सहभागीहरू लाई प्रमाणपत्र र झोला वितरण गरिएको थियो । समापन कार्यक्रमको संचालन रतन माझिले गरेका थिए ।




