Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे रक्तदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन १९, २०८०
लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे रक्तदान कार्यक्रम सम्पन्न

फागुन १९, बाैनिया/ रगत नालिमा हाेइन नाडिमा बगाउ भन्ने मुल उद्धेश्यका साथ शनिबार कैलालीको बाैनियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा भएको साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समय लघुवित्त प्रति फैलिदै कुप्रचारकाे अन्त्य गर्दै लघुवित्त सामाजिक कार्यमा समेत सधैं सक्रिय रहने कुरा यस्ता कार्यक्रम ले पुष्टि गर्ने स्थानियकाे बुझाइ रहेको छ ।

कर्मचारी मञ्च बाैनिया का अध्यक्ष दुर्गा दत्त जाेशिकाे अध्यक्षतामा भएको कार्यक्रममा मञ्चमा आबद्ध सदस्य लगायत स्थानीय गरेर कुल २२ जनाले रक्तदान गरेको मञ्चका सदस्य पदम चाैलागाइले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट