लिलाजङ्ग शाही,कैलाली/दैलेख जिल्लाको क्षेत्र नम्बर २ को तल्लो डुङ्गेस्वर दुल्लु ,घ्यातुली हुँदै पिपलकोट जोडने एक प्रतिनिधि सभा सदस्य एक निर्वाचन क्षेत्र रणनीतिक सडकको चादनी चौक दुल्लु देखि घियातुल्ली सम्म साडे ३ किलोमिटर सडक खण्ड यसै आर्थिक बर्षमा कालोपत्र गरिने भएको छ ।
उक्त सडकको स्तर उन्नति र कालोपत्रका लागि दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य दिकपाल कुमार शाहीको पहलमा अर्थ मन्त्रालयले १० करोड ५० लाख बजेट बिनियोजित गरेको छ ।
माथिल्लो डुङ्गेस्वर ,बैक हुँदै कालिकोटको सिमाना ब्याउली सम्मको अर्को महत्त्वपूर्ण सडकको स्तर उन्नति र कालोपत्र का लागी पनि सान्सद शाहिको पहलमा साडे १ किलोमीटर निर्माणकार्य का लागि ६ करोड बजेट सुनिश्चित गरिएको छ ।
दैलेखको मध्यवर्ती क्षेत्र डुङ्गेस्वर दुल्लु ,ठाटिकाध ,पिपलकोट सडक खण्डको दुल्लु क्षेत्रमा कालोपत्र नहुदा सडक हिलाम्मे र धुलाम्मे हुदा ओहोरदोहोर गर्ने यात्रीलाई निक्कै सास्ती हुँदै आएको छ ।
डुङ्गेस्वर दुल्लु ,ब्याउली सडकको स्तरउन्नति र कालोपत्र भए पछि कालिकोटको पुर्वि क्षेत्र र जुम्लाका बासिन्दाहरुलाइ सुर्खेत वाट जुम्ला र कालिकोट जान छोटो दुरी को सडक संजाल हुने भएको छ।