Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा पाटेबाघ मृत फेला

  • कैलाली दर्पण
  • आइतवार, माघ ७, २०८०
कैलालीमा पाटेबाघ मृत फेला

सुखड माघ ७
कैलालीको जानकी गाउँपालिका वडा न ९ मा रहेको अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । तारले बेरिएको अवस्थामा वयष्क पोथि पाटे बाघ मृत भेटिएको सब डिभिजन वन कार्यलय लम्किका फरेष्टर राम बहादुर रावलले जानकारी दिनुभएको छ ।

फरेष्टर रावलका अनुसार मृत बाघ बाट दुर्घन्ध आईरहेको छ बाघको केहि दिन अगाडि नै मृत्यु भईसकेको थियो । बाघ पासोमा परेको हुन सक्ने बताउदै फरेष्टर रावलले भन्नुभयो,मृत्यु भएको स्थान भन्दा अन्यत्र नै बाघ पासोमा परेको हो नजिक कतै तार छैन । स्याउला लिन जंगलमा पुगेका स्थानियले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत बाघ डिभिजन बन कार्यलय पहलमानपुर ल्याईएको सव डिभिजन वन कार्यलय लम्कीका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट