प्रकाश जोशी,चुहा/ कैलालीको लम्किचुहा नगरपालिका वडा नं १० मा अवस्थित सेती भिजन एकेडमीको सभाहलमा नेपाल रेडक्रस चुहाको आयोजना मा २६औ राष्ट्रीय भूकम्प सूरक्षा को अवसरमा भूकम्प जोखिम न्युनीकरण तथा सूरक्षा सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रीया तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस चुहाका अध्यक्ष जुगराम चौधरीको सभापतित्वमा भयको कार्यक्रममा प्रमूख अतिथि लम्किचुहा नगरपालिका वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया, बिशिष्ट अतिथिमा लम्किचुहा नगरपालिका वडा नं ६का वडा अध्यक्ष लोकेन्द्र कठायत र वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी रहेका थिए ।
उपाध्यक्ष रूपा ऐडीको स्वागत मन्तव्य संगै सूरू भयको कार्यक्रमको सहजीकरण लम्किचुहा नगरपालिकाका ईन्जिनीयर प्रशान्त अधिकारीले गरेका थिए ।
सचिव राजेन्द्र बहादुर बिष्टले संचालन गरेको कार्यक्रममा लम्किचुहा नगरपालिका वडा नं १० का वडा सदस्य गीता थापा ,दीपा सूनार वडा नं ८का वडा सदस्य दुर्गा देवी जैसी चुहा स्वास्थ्य चौकिका प्रमुख मनरूप न्यौपाने,चुहा प्रहरी चौकी प्रमुख तप्त सिंह साउँद ,चम्किलो तारा प्रा वि का प्रधानाध्यापक बल बहादुर रावत,सम्भु सूनन्दा आधारभूत बिधालयका प्रधानाध्यापक पूर्ण बहादुर खत्री, नेपाल स्काउटका रोवरलिडर जयराज भाट,मनकामना ग्रामीण विधूत सहकारी संस्था का अध्यक्ष कमान सिंह खड्का,नव दुर्गा मां वि का विधालय व्यवस्थापन समिति अध्यक्ष गीता खड्काले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा लम्किचुहा नगरपालिका वडा नं ६, ८ र १०मा रहेका विधालय मा गठित जूनियर रेडक्रस का विद्यार्थी शिक्षक नायक स्वास्थ्य स्वयम सेविका लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रम मा लम्किचुहा नगरपालिका वडा नं १० चुहा का आगलागि पीड़ित इन्द्र बहादुर बिष्ट लाइ नेपाल रेडक्रस चुहाले त्रिपाल प्रदान गरेको छ ।
