बाैनियाँ/ लम्कीचुहा नगरपालिकाकाे आर्थिक सहयाेग तथा श्री विरटिस टेक्निकल ईन्स्टिच्युट प्रा.लि. लम्कीचुहा नगरपालिका वडा नम्बर . ०२ माेतिपुर कैलालीको आयाेजनामा तरकारी खेती तथा च्याउ खेती प्रविधि सम्बन्धी ७ (सात) दिने कृषक व्यवसायिक तालिम सुरु गरिएको छ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईज्युकाे प्रमुख आतिथ्यता एवं लम्कीचुहा नगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष तथा आर्थिक विकास विषयगत समितिका संयाेजक पुर्णबहादुर विष्ट, वडा नं. ०५ का वडा अध्यक् माया विष्ट र नगर कार्यपालिका सदस्य उजिरसिंह सुनारकाे आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ,।
लम्कीचुहा नगर क्षेत्रभित्रका व्यवसायी कृषकहरुकाे व्यवसायिक क्षमता अभिवृद्धि गर्न नगरपालिकाले गरेकाे याेगदान र कृषि क्षेत्रकाे उत्पादनमा आर्थिक लगानी बढाउन नगर प्रमुखज्युले लिएकाे नीतिगत दृष्टिकोण दीर्घकालीन रुपमा अब्बल बनाेस् हार्दिक शुभकामना सहित तालिम संचालनमा बजेट विनियोजन गरिएको छ।