Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिताको उपाधी राष्ट्रिय मावी सोल्टालाई

  • कैलाली दर्पण
  • शनिबार, पुस २८, २०८०
मोहन्यालमा विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिताको उपाधी राष्ट्रिय मावी सोल्टालाई

कैलालीको मोहन्याल गाउँपालिका ४ खिमडीमा सम्पन्न  बिधालय स्तरीय अध्यक्ष कप प्रतियोगिताको उपाधी राष्ट्रिय मावी सोल्टाले जितेको छ।

२४ स्वर्ण पदक मध्य १६ स्वर्ण पदक, ३ रजत र २ कास्य पदक हात पार्दै राष्ट्रिय माध्यमिक बिधालय मोहन्याल ६ सोल्टाले प्रथम स्थान हासिल गरेको छ

यसै गरि प्रतियोगितामा ५ स्वर्ण , ८ रजत र २ कास्य पदक सहित त्रिबेणि माध्यमिक बिधालय मोहन्याल ७ बढीगाउले दोस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा शान्ति माध्यमिक बिधालय मोहन्याल ३ फलेबिसौनाले तेस्रो स्थान प्राप्त गरेको छ ।

मोहन्याल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बम बहादुर बुढा मगरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन्न बाट सम्बोधन गर्दै उपाध्यायले शिक्षा र खेलकुद क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समग्र मोहन्यालको बिकासका लागी आफू लागी रहेको र आगामी दिनमा खेलकुद जगतको बिकास र गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दी मिलान गरि दक्ष र अनुभवी शिक्षक द्वारा अध्यापन गराउनका निम्ति नीति तथा कार्यक्रम लागू गर्ने अध्यक्ष उपाध्यायले बताए ।

कार्यक्रममा बिधालय निरीक्षक टेकबहादुर साउद ,त्रिबेणि माध्यमिक बिधालयका प्राधानाध्यापक दानबहादुर बोहरा ,भृकुटी माध्यमिक बिधालय खिमडीका प्राधानाध्यापक चक्रबहादुर रास्कोटीले शुभकामना मनतब्य राख्नु भएको थियोे । प्रतियोगिता मोहन्याल गाउपालिका ५३ बिधालय मध्य माबी र आधारभुत का २१ बिधालयको सहभागिता रहेको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट