Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रिय मावि सोल्टाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा-शाही

  • कैलाली दर्पण
  • बिहिबार, पुस १९, २०८०
राष्ट्रिय मावि सोल्टाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा-शाही

१९ पुष/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टामा अवस्थित श्री रास्टिय माध्यमिक विद्यालयको  ब्यबस्थापन समितिको अध्यक्षमा दिपेन्द्र बहादुर शाही सर्वसम्मत चयन भएका छन ।

बिहीबार बसेको ब्यबस्थापन समितिको बैठकमा अध्यक्ष पदका अर्का आकान्क्षी शिवराज खड्काले शाही लाई समर्थन गरे पछि शाही अध्यक्ष पदमा सर्वसहमत निर्वाचित भएको घोषणा गरिएको हो।

जस अनुसार समितिको सदस्यहरुमा शिवराज खड्का ,हिक्मत बहादुर बडुवाल ,शंकर सिंह बिस्ट , वासु देवि टमट्टा ,बबिता योगी चौधरी , वडा पदेन सदस्यमा मन बहादुर शाही ,हर्कबहादुर खत्री ,पारु भुल र सदस्य सचिवमा प्राधानाध्यापक कृष्ण प्रशाद जैसी रहेका छन् ।

यसैविच नवनिर्वाचित अध्यक्ष शाहिले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै राष्ट्रिय माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट