Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी जेसिजको दोस्रो अधिवेसन सम्पन्न;अध्यक्षमा चन्द

  • कैलाली दर्पण
  • शुक्रबार, पुस १३, २०८०
घोडाघोडी जेसिजको दोस्रो अधिवेसन सम्पन्न;अध्यक्षमा चन्द

१३ पुस/घोडाघोडी जेसिजको दोस्रो अधिबेशन सम्पन्न भएको छ । घोडाघोडी जेसिजको अध्यक्षमा दिपक बहादुर चन्द सर्बसहमती बाट निर्वाचित भएका छन ।

घोडाघोडी जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि भरत भट्टराईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रबक्ता तथा वडा अध्यक्ष घनश्याम ओझा रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी संस्थापक अध्यक्ष लाल बहादुर शाही रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । घोडाघोडी जेसिजले लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अझै युवाहरुलाई समेटी स्थानियतह संग हातेमालो गर्न आग्रह गरे ।

घोडाघोडी जेसिजका कानुनी सल्लाहकार कलक बहादुर सिंहको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर शाही , पुर्ब राष्ट्रिय उपाध्यक्ष तथा बौनिया जेसिजक पुर्ब अध्यक्ष धिरज शाही ,बौनिया जेसिजक निबर्तमान अध्यक्ष कृष्ण प्रसाद ओझा लगाएतको सहभागी रहेको थियो ।

घोडाघोडी जेसिजको अध्यक्षमा दिपक बहादुर चन्द सर्ब सहमती बाट निर्वाचित हुदा कार्यकारिणी उपाध्यक्ष लक्ष्मण न्युरे र धन बहादुर बडुवाल निर्वाचित भएका छन । यसै गरि उपाध्यक्षमा कपिल सापकोटा , जानकी शाह, पबित्रा शाही र कलक बहादुर सिंह निर्वाचित भएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट