Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवमा यी कलाकारहरु आउने

  • कैलाली दर्पण
  • बिहिबार, पुस १२, २०८०
घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवमा यी कलाकारहरु आउने

कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सवमा आउने कलाकारहरुको टुङ्गो लागेको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ गते देखि महोत्सव सुरु हुने आयोजकले जानकारी दिएको छ ।
”कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध घोडाघोडीको आधार”भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव माघ ६ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष नवीन क्षेत्रीले जानकारी दिएका छ्न ।
महोत्सबमा चर्चित गायक प्रमोद खरेल, रामजि खाण, प्रताब दास, अस्मिता अधिकारी,चक्र बम, एलिना चौहान, हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

बिगत ४ बर्ष देखि यस नगरपालिकामा रहेर संस्थाले काम गरिरहेको छ । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेका अध्यक्ष क्षेत्रीले बताए ।

कला संस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सवमा यहाँका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट