बर्दगोरिया/ बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले भर्खरै सेवा निबृत्त हुनुभएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई गरेका छन् । आईतवार बर्दगोरिया गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले मायाको चिनो, कदर पत्र र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रसंशा गरेका थिए । उनले आगामी दिनमा सल्लाह सुझाव सहित सहयोग जारी राख्न आग्रह गर्दै करिब ५ बर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा कार्कीको महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै पालिका उपाध्यक्ष गणेश राज गिरि, पुर्ब अध्यक्ष बलिराम चौधरी, पुर्ब उपाध्यक्ष भगवती देवि डगौरा थारु, वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतम , कर्मचारी अधिकृत झपिराज ओझा, कृष्ण देव जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द राज रेग्मी लगाएतकाले प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले बर्दगोरिया गाउँपालिकालाई बिकसित गाउँपालिकाका रुपमा अगाडी बढाउन महत्त्वपूर्ण काम गरेको भन्दै प्रसंशा गरेका थिए ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले आगामी दिनमा पालिकालाई अझ बिकासका दृस्ठि कोणले नमुना भएको हेर्न चाहेको बताउदै सबैको साथ सहयोगले लामो समय बस्न सकिएको भन्दै सबैलाई धन्यवाद ब्यक्त गरे ।
साथै प्रमुख प्रशासकीय अधिकृत कार्कीले पालिकालाई नमुना बनाउन आफुले जानेका काम कर्तव्य र अधिकारका बारेमा समन्वय गरिरहने प्रतिबद्धता समेत गरेका छन ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर मिति २०७५ साल बैशाख २३ गते देखि हाल सम्म जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा कार्कीले पालिका अध्यक्ष ,उपाध्यक्ष ,पुर्ब अध्यक्ष पुर्ब उपाध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिहरु प्रति आभार व्यक्त गरे ।
