Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा प्राविधिक,व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति गठन

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर २८, २०८०
बर्दगोरियामा प्राविधिक,व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय तहमा CTVT समन्वय समिति गठन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


विहिबार सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धनगढी कैलालीको आयोजना उक्त कार्यक्रम बर्दगोरियामा सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष गणेशराज गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रशिक्षण प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्याय गरेका थिए ।
यस्तै सोही कार्यक्रममा स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितीमा सम्बन्धि पालिकाको प्रमुख प्रशासकीय अधिकृत संयोजन रहने गरि ५ जनाको समिति गठन गरिएको हो । जस अन्तर्गत समितिको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख, सदस्यहरूमा रोजगार संयोजक र दुई जना स्थानीय तहले तालेको आम नागरिक रहने व्यवस्था रहेको छ ।

समितिले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धी निकाय समक्ष पेस गर्ने, स्थानीय तहमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयन गर्ने आवश्यक समन्वय र सहजीकरण गर्ने बताइएको छ ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले उक्त कार्यक्रम लाई पालिकामा एक नमुना कार्यक्रमको रुपमा स्वागत गर्दै कार्यान्वयन गर्ने बताए । उनले भने- “सरकारले जुन लक्ष्य लाई बोकेर यो कार्यक्रमको आयोजना गरेको छ, त्यसलाई कार्यान्वयन पक्षतिर लग्दै सहकार्य गर्न बर्दगोरिया गाउँपालिका पुर्ण रुपमा तयार भएको छ । अब हामि यही कार्यक्रमको कार्यविधिमा आधार मान्दै पालिका भित्र रहेका सम्बन्धि निकायका आम जनसमुदायलाई उनिहरुको योग्यता र दक्षताको आधारमा पालिकाले गर्ने सहयोग गर्ने छ ।”
कार्यक्रम स्थानीय वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, पालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागिता रहएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट