बाैनियाँ / नेपाल उत्पीडित जातिय समाजको बर्दगोरियाको प्रथम अधिवेशन बाट अध्यक्षमा मोहन तिरुवा लाई निरबिरोध निर्वाचित गरेको छ।
यस्तै उपाध्यक्षमा धना बिक ,सचिवमा लाल सिह बिक उप- सचीव प्रतीक्षा बिक, रमेश बिक, सहित ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ। बर्तमान अध्यक्ष करने सुनारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपाएमाले जिल्ला कमिटी अध्यक्ष रतन थापा , बिशिस्ट अतिथी नेपाल उत्पीडित जातिय समाजका केन्द्रीय सदस्य दानबहादुर बिक प्रदेश कमिटी सदस्य साबित्रा सापकोटा ,,जिल्ला कमिटी सदस्य जयरुप खतिवडा ,कोकिला खत्री,पुर्व प्रदेश कमिटी सदस्य भोजराज भट्ट , पुर्व जिल्ला कमिटी सदस्य मिथुन गौतम लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो। 