Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुगरखाल स्वास्थ्य चौकी प्रमुख जैसीको अवकाश,बिदाइ कार्यक्रम

  • कैलाली दर्पण
  • शनिबार, मंसिर ९, २०८०
सुगरखाल स्वास्थ्य चौकी प्रमुख जैसीको अवकाश,बिदाइ कार्यक्रम

बौनिया मंसिर ९/ कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टा स्थित सुगरखाल  स्वास्थ्य चौकिका प्रमुख जन स्वास्थ्य निरीक्षक जयनन्द जैसीले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश प्राप्त गरि सेवा निवृत्त हुनुभएको छ।

शुक्रबार ६ नम्बर वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरि जैसिको बिदाई कार्यक्रम गरिएको हो।

जैसी २०४३ साल असोज १२ गते कर्णाली प्रदेशको रुकुम जिल्लाको आठ्बिसकोट  स्वास्थ्य चौकीबाट सेवा सुरुवात गरि ,दैलेखको नौमुले  स्वास्थ्य चौकी ,सुर्खेतको सालकोट  स्वास्थ्य चौकी  हुँदै २०४९साल असार देखि हाल २०८०मंसिर ३ गते  सम्म सुगरखाल  स्वास्थ्य  चौकी गरि ३७ बर्ष स्वास्थसेवामा कार्यरत जैसी ६० बर्ष उमेरहदका कारणले सातौ तहको श्रेणी बाट अनिवार्य अवकास लिनुपरेको हो ।

 ६  नम्बर वडा अध्यक्ष कृष्ण बहादुर शाहिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी ७ नम्बर वडा अध्यक्ष नवराज कठायत, मोहन्याल गाउपालिका स्वास्थ्य शाखा प्रमुख डिल्ली प्रशाद देवकोटा , चौकुने गाउपालिका कार्यपालिका सदस्य शंकर सिह कामी , पुर्व वडा अध्यक्ष टिकाराम भण्डारी ,खर प्रशाद अधिकारी ,त्रिबेणि माध्यमिक बिधालय बढीगाउका पुर्व प्राधानाध्यापक देविराम अधिकारी  लगायतकाले जन स्वास्थ निरीक्षक जैसीले स्वास्थ्य सेवामा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।

बिदाइ कार्यक्रममा चर्चित डेउडा कलाकार सरिता शाही र देविराम अधिकारी बिच बृहत डेउडा खेल भएको थियो ।

कार्यक्रमको संचालन स्वास्थ्य प्राविधिक  हिरा सिह थ्यायतले गर्नु भएको थियो भने स्वागत मनतब्य सि.अ.हे.व लोक बहादुर धामिले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट