निर्मला शाही / कैलालीको त्रीबेणी युवा क्लब मोहन्याल ७ बडीगाउँलाई खेलकुद सामग्री सहयोग गरिएको छ।
हिजो मगलबार मोहन्याल गाउँपालिका कार्यवाहक अध्यक्ष पुजा देवि बुढामगर ,नि. प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशी ,२ नं वडा कार्यालय पण्डौनले आर्थिक बर्ष ०७८/०७९ को बिनियोजित बजेट १ लाख ३० हजार बराबरको बल ,नेट ,पोशाक खेलकुद सामाग्री सहयोग प्रदान गरिएको छ।
मोहन्याल गाउपालिका कार्य वाहक अध्यक्ष पुजादेबि बुढामगर, नि. प्रमुख प्रशासकिय अधिकृत जयनन्द जैशि ,२ नं वडा अध्यक्ष देबिदत्त उपाध्याय र नेकपा (माओबादी केन्द्र ) सुप प्रदेश सदस्य कमल बटाला बाट संयुक्त रुपमा क्लब का अध्यक्ष नारायण तिमिल्सिना लाई सोल्टामा खेलकुद सामाग्री हस्तान्तन गरिएको छ।
