Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, माघ २७, २०७८
वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

बौनिया/ स्वास्थ तथा जनसंख्या मन्त्रालय को आयोजनामा रास्टिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तरगत वडा नम्बर ६ मा पिपरकोटीमा अभिमुखिकरण कार्यक्रम आज बुधबार समपन्न भएको छ।

कार्यवाहक वडा अध्यक्ष प्रबल रोकायको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण भ्क्ट्ररल कन्ट्रोल कीट जन्य रोग माहाशाखाका अधिकृत कुमार पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा सम्बन्धि वडाका जनप्रतिनिधि , कर्मचारी , ,स्वास्थकर्मी रेडक्रस कर्मी पत्रकार लगायतको सहभागी रहेको थियो । वडा नम्बर ६ बागमारा,चैनपुर ,गुलरेनी र घोडाघोडी नगरपालिका १० पहलमानपुर हात्ती पाइले रोग का बिरामी देखा परे कैलाली जिल्ला हात्ती पाइले रोग मुक्त जिल्ला घोषणा हुन असफल रहेको छ।

हात्ती पाइले रोग निवारणका लागि यहि फाल्गुन २८ गते आम औसधि सेवन कार्यक्रम अभियान संचालन हुने भएको छ। सिकिस्त बिरामी बाहेकलाई स्वास्थकर्मी मार्फत औषधी सेवन गराइने भएको छ। हात्ती पाइले रोग निवारण मुक्त जिल्ला घोषणाका लागि लक्षित गाउँ अथवा जिल्ला ५% भन्दा कम अन्क आउनुपर्ने मापदण्ड रहेको छ।हात्ती पाइले रोग culex पोथी लामखुट्टे बाट सर्ने सरुवा रोग हो ।यो रोग बाट ६४ जिल्ला का करिव डेड करोड मानिस जोखिममा रहेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट